18, May, 2024

बिगो मुद्दामा सजाय तोकिएपछि फरार रहेका निर्माण व्यवसायी संघ धनुषाका अध्यक्ष अशोक चौधरी पक्राउ

Bagmati Voice
संवाददाता
२१ आश्विन २०८०, आईतवार १०:२५ | ७ महिना अगाडी

जनकपुरधाम । बिगो मुद्दामा सजाय तोकिएपछि फरार रहेका निर्माण व्यवसायी संघ धनुषाका अध्यक्ष अशोक चौधरी पक्राउ परेका छन् ।

धनुषा जिल्ला अदालत फैसला कार्यान्वयन दास्ता र धनुषा प्रहरीको संयुक्त टोलीले चौधरीलाई शनिवार पक्राउ गरेको हो । जनकपुरधाम १५ घर भएका ४५ वर्षीय चौधरीलाई धनुषा प्रहरीले आज सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार बिगो मुद्दामा चौधरीलाई अदालतले ६ महिना कैद सजाय सुनाइएको छ । उनमाथि थप अनुसन्धान भइरहेको र आज अदालतमा पेश गरिने प्रहरीले जनाएको छ ।

२१ आश्विन २०८०, आईतवार १०:२५ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading