विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वदलीय बैठक डाकेका छन् । सुनसरीमा भएको घटना र त्यसपछि उत्पन्न असामान्य परिस्थितिलाई लिएर सर्वदलीय बैठक आह्वान गरिएको प्रदेश प्रमुख सचिव राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।
दिउँसो साढे १२ बजे बजे आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आव्हान गरिएको बैठकमा सुरक्षा निकायसहित सुनसरीका प्रदेश सांसद र राजनीतिक दलका प्रदेशस्तरीय नेता सहभागी हुने छन् ।
शान्ति सुरक्षा र सामाजिक सद्भावलाई कायम राख्नेबारे छलफल हुने र प्रदेश सरकारको उपस्थिति प्रभावकारी बनाउने बारे बैठकमा छलफल हुने बताइएको छ । यस अघि मुख्यमन्त्री कार्कीले भिडिओ सन्देशमार्फत सामाजिक सद्भाव कायम राख्न आव्हान गरेका थिए । कार्कीले सुरक्षा निकायसँग पनि समन्वय गरिरहेका छन् ।
प्रदेशका मन्त्री र सचिवले अस्पताल पुगेर घाइतेहरू भेटेका थिए ।







































