16, Jul, 2024

संविधान दिवस : जानकी मन्दिर सरसफाइ र वृक्षारोपण गर्दै एमाले नेताहरूको सेल्फी

Bagmati Voice
संवाददाता
३ आश्विन २०८०, बुधबार ०८:३७ | १0 महिना अगाडी

जनकपुरधाम । नेकपा एमालेका उपाध्यक्ष ईश्वर पोखरेल र सचिव योगेश भट्टराई जनकपुरधामस्थित विश्व प्रसिद्ध जानकी मन्दिरमा संविधान दिवस मनाएको छन् ।

संविधान दिवसको अवसरमा जानकी मन्दिरमा सरसफाइ र वृक्षारोपण कार्यक्रम गरिएको छ । उक्त कार्यक्रममा एमाले उपाध्यक्ष पोखरेल र सचिव भट्टराई सहभागी बने । उनीहरूले राष्ट्रिय झन्डासँग सेल्फी समेत लिए ।

जनकपुरधाम मधेश प्रदेशको राजधानी हो । मधेश विरोधी संविधान जारी गरिएको भन्दै यहाँ कैयौँ पटक आन्दोलन भयो । त्यति बेला एमाले नेताहरू जनकपुरधाम आउने स्थिति थिएन । तर आज जानकी मन्दिर परिसरमै संविधानको प्रशंसा भइरहेको छ ।

एमाले उपाध्यक्ष पोखरेलले वर्तमान संविधानलाई ‘उत्कृष्ट’ भन्दै सबैले गर्व गर्नुपर्ने बताए । उनले भने, ‘कुनै बाह्य शक्तिले लादेर ल्याएको संविधान होइन । जनताबाटै निर्वाचित जनप्रतिनिधिले बनाएको संविधान हो । त्यसैले सबैले गर्व गर्नुपर्छ ‌।’

संविधान गतिशील दस्ताबेज हो भन्दै उनले आवश्यक परेमा प्रक्रिया पुरा गरी संविधान संशोधन गर्न सकिने तर्क गरे । उनले आजको दिन संविधान कार्यान्वयन गर्ने प्रतिबद्धता सबैले व्यक्त गर्नुपर्ने बताए ।

३ आश्विन २०८०, बुधबार ०८:३७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading