22, Sep, 2023

नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपाल मधेश प्रदेशको प्रथम अधिवेशनबाट लव अधिकारी बने अध्यक्ष

बागमती भ्वाइस न्युजडेस्क
२२ भाद्र २०८०, शुक्रबार ०९:०२ | २ हफ्ता अगाडी

जनकपुरधाम । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपाल मधेश प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा लव अधिकारी सर्वसम्मत चयन भएका छन् ।

जनकपुरधाममा बिहीबार राति सम्पन्न अधिवेशनले अधिकारीको अध्यक्षतामा ६३ सदस्यीय नेतृत्व चयन गरेको हो । उपाध्यक्षमा विशाल साह ‘शंकर’, सचिवमा अशोक महतो, सहसचिवमा नरुल्लाह अन्सारी र ओम प्रकाश साह साथै कोषाध्यक्षमा सुदर्शन काफ्ले सर्वसम्मत भए ।

यस्तै युवा विज्ञ परिषद् प्रमुखमा पिन्टु कुमार यादव, साइबर सर्कल विभाग प्रमुखमा शशि दास, महिला विभाग प्रमुखमा कमला विश्वकर्मा र प्रचार विभाग प्रमुखमा सुरेशकुमार यादव आएका छन् ।

२२ भाद्र २०८०, शुक्रबार ०९:०२ मा प्रकाशित