28, Apr, 2024

नेकपाको नाममा विवाद न्यायाधीश श्रेष्ठ र रेग्मीको इजलासमा

Bagmati Voice
संवाददाता
२३ फाल्गुन २०७७, आईतवार ११:४७ | ३ साल अगाडी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को नाम सम्बन्धी विवाद न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा परेको छ ।

साविक नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकिकरण भएपछि आफ्नो पार्टीसँग मिल्दो नाम राखेको भन्दै ऋषिराम कट्टेलले २१ मंसिर २०७५ मा निर्वाचन आयोग लगायत विरुद्ध मुद्दा दर्ता गरेका थिए ।

आयोगले कट्टेलको पार्टीको नामको छोटकरी रुप (ने. क. पा.) भएकाले केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको पार्टीलाई (ने क पा) बनाएर दर्ता गर्न दिएको थियो ।

अदालतले कट्टेलको पक्षमा फैसला ग¥यो भने ओली–प्रचण्डले पार्टीको नाम फेर्नुपर्ने हुन्छ ।

२३ फाल्गुन २०७७, आईतवार ११:४७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading