28, Apr, 2024

नेपालले पाएको झन्डै साढे ३ लाख डोज कोभ्याक्स कोरोना भ्याक्सिन आइपुग्ने आइतबार काठमाडौं

Bagmati Voice
संवाददाता
२३ फाल्गुन २०७७, आईतवार ०९:१७ | ३ साल अगाडी

काठमाडौं । कोभ्याक्सअन्तर्गत नेपालले पाएको झन्डै साढे ३ लाख डोज कोरोना भ्याक्सिन आइतबार काठमाडौं आइपुग्ने भएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड भ्याक्सिनको ३ लाख ४८ हजार डोज नेपाल आउन लागेको हो।

यो खोप नेपालले अनुदानमा पाएको हो।

अक्सफोर्ड विश्वविद्यालय र अष्ट्राजेनेकाले विकास गरेको उक्त खोप यसअघि नै नेपालमा प्रयोग भइरहेको छ।

विश्व स्वास्थ्य संगठनले गरिब तथा अति कम विकसित राष्ट्रहरूलाई समेत खोपको सामान वितरण होस् भनेर गाभी संस्थासँग मिलेर कोभ्याक्स कार्यक्रम गठन गरेको थियो।

उक्त कार्यक्रम अन्तर्गत त्यस्ता राष्ट्रहरूले कम्तिमा २० प्रतिशत खोप पाउने भनिएको छ। यद्यपि सुरूमा ३ प्रतिशत खोप उपलब्ध गराउने र बाँकी खोप चरण चरणमा दिने भनिएको छ।

२३ फाल्गुन २०७७, आईतवार ०९:१७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading