28, Apr, 2024

आज संघिय संसदको बैकः दलहरु रणनीतिलाई नजिकबाट नियाल्ने र त्यही अनुरुपको रणनिति बनाउदै

Bagmati Voice
संवाददाता
२३ फाल्गुन २०७७, आईतवार ११:०६ | ३ साल अगाडी

काठमाडौं । आइतबार ४ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । प्रधानमन्त्रीले राजीनामा दिन्छन् कि दिँदैनन् वा उनीविरुद्ध अविश्वासको प्रस्ताव पेश हुन्छ कि हुँदैन भन्नेमा सबैको ध्यान आर्कषीत भएको छ ।

तर, नेपाल कम्युनिष्ट पार्टीको दुवै समूह, नेपाली कांग्रेस र तेस्रो दल जनता समाजवादी पार्टी एकअर्काको रणनीतिलाई नजिकबाट नियाल्ने र त्यही अनुरुपको रणनिति बनाउदै रहेका छन ।

सम्भावित सबै कदमहरुको बारेमा तयारी थाल्ने र आवश्यक पर्दा जुनसुकै बेला जे पनि निर्णय लिने तयारीमा दलहरु रहेका देखिन्छन ।

नेकपा प्रचण्ड(माधव समूहका नेता देवेन्द्र पौडेलले अविश्वास प्रस्तावबारे पनि कुराकानी भइरहेको तर अझै टुंगो लागिनसकेको बताए । उनले भने, ‘प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने हो तर त्यसो हुन नसकेमा संयुक्त रुपमा अविश्वासको प्रस्ताव ल्याउने विषयमा पनि कुराकानी भइरहेको छ । अहिले केही टुंगो नलागेको बताउँछन ।’

नेपाली कांग्रेस र जनता समाजवादी पार्टी पनि पर्ख र हेरको नीतिमा छन् । नेकपा औपचारिक रुपमा विभाजित नभएसम्म कुनै पनि खालको कदम नचाल्ने उनीहरुको तयारी छ । कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले भने, ‘यस विषयमा हामी छलफलमै छौं ।’

उता प्रधानमन्त्री केपी शर्मा ओली र उनको समूहले आफूविरुद्ध अविश्वासको प्रस्ताव आउँछ कि आउँदैन नजिकबाट नियालिरहेको छ । अविश्वासको प्रस्ताव नआएमा केही समय पर्खने नीतिमा ओली छन् ।

प्रधानमन्त्रीको राजीनामा र अविश्वासको प्रस्तावको सम्बन्धमा आइतबार केही प्रक्रिया अगाडि नबढी संसद बैठक स्थगित हुने सम्भावना पनि छ । संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा अविश्वास प्रस्तावको विषय उल्लेख छैन ।

राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने, सरकारले ल्याएका अध्यादेशहरु प्रस्तुत गर्ने लगायतका कार्यसूचिमा प्रवेश गरेर आइतबारको बैठक सकिन सक्छ । संसद सचिवालयका एक कर्मचारीले भने, ‘आजको संसद बैठक सामान्य अवस्थामा नै सन्चालन हुन्छ । यद्यपि दलहरु कसरी प्रस्तुत हुन्छन्, त्यसअनुसार सभामुखले प्रक्रिया अगाडि बढाउनु हुन्छ ।

२३ फाल्गुन २०७७, आईतवार ११:०६ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading