28, Apr, 2024

प्रतिनिधि सभा बैठक आज, यस्ता छन् सम्भावित कार्यसूची

Bagmati Voice
संवाददाता
२३ फाल्गुन २०७७, आईतवार ०७:५६ | ३ साल अगाडी

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज अपरान्ह ४ बजे बस्दैछ।

सरकारको सिफारिसमा राष्ट्रपतिले आइतबार अपरान्ह ४ बजेका लागि प्रतिनिधि सभा बैठक आह्वान गरेकी थिइन्।

सरकारले पुस ५ मा प्रतिनिधि सभा विघटन गरे पनि सर्वोच्च अदालतले बदर गरिदिएपछि प्रतिनिधि सभा पुनर्स्थापना भएको थियो।

सर्वोच्चले प्रतिनिधि सभा पुनर्स्थापनासँगै १३ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउन भनेको थियो।

आजको बैठकमा राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यक्रम छ।
यस्तै सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद गठन सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनेछन्।

साथै आजको बैठकमा प्रधानमन्त्री र गृहमन्त्रीले अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद सम्बन्धी र गृहमन्त्री रामबहादुर थापा बादलले नेपाल प्रहरी र प्रदेश प्रहरी, सामाजिक सुरक्षा, तेजाव तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेशलगायत पेश गर्ने सम्भावित कार्यसूची छ।

२३ फाल्गुन २०७७, आईतवार ०७:५६ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading