29, Apr, 2024

विप्लवले भने , ‘कम्युनिष्ट शान्तिदूत पनि हुन् तीन बुँदेमा प्रतिबद्ध छौं’

Bagmati Voice
संवाददाता
२१ फाल्गुन २०७७, शुक्रबार १६:३० | ३ साल अगाडी

काठमाडौं । मुलधारको राजनीतिमा प्रवेश गरेको नेत्रविक्रम चन्द विप्लवले कम्युनिष्टहरु विद्रोही मात्र नभएर शान्तिदूत पनि भएको बताएका छन् । सरकारसँग तीन बुँदे सहमतिमा हस्ताक्षर लगत्तै भाषण गर्दै उनले यसलाई ‘घाम र जूनको मिलन’ को संज्ञा दिए ।

राष्ट्रिय सभागृहमा आयोजित हस्ताक्षर समारोहमा बोल्दै विप्लवले भने, ‘हामी कम्युनिष्टहरु विद्रोही हौं । तर बदलिएको परिस्थिति र राज्यले आफ्नो भूमिका पुरा गरेको अवस्थामा कम्युनिष्टहरु शान्तिका दूत पनि हुन् ।

उनले तीन बुँदेमा नेकपा प्रतिबद्ध रहेको बताए । ‘यसमा आशंका र कुतर्क गर्न जरुरी छैन । हामी तीन बुँदेमा प्रतिवद्ध छौं,’ उनले बताए।

उनले एउटा देउडा गीतलाई उर्द्धत गर्दै अहिलेको सन्दर्भलाई ‘घाम र जूनको भेट’ का रुपमा संज्ञा दिए । प्रधानमन्त्री केपी ओलीसँग यसअघि पनि भेट र कुराकानी भएको उनले बताए ।

उनले सुनाए, ‘मैले उहाँलाई भनेको थिएँ, तपाईंहरूले नेतृत्व गर्नुस् । हामी कसैको भाग खोसेर, हमला गरेर होइन, जनताको श्रममाथि उभिएर देश बनाउनेछौं । हाम्रो छलफल भएको थिए ।

सरकार र आफूहरु दुवैले जिम्मेवारी पूरा गरेको महसुस भएको उनले बताए । विप्लवले शहिदको सपना मर्न नदिने भन्दै उल्लेख गरे । विप्लवले शहीदको सपना मर्न नदिने प्रतिबद्धता जनाएका छन् ।

२१ फाल्गुन २०७७, शुक्रबार १६:३० मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading