29, Apr, 2024

निर्वाचन आयोगलाई प्रचण्ड माधवको पत्र अविलम्ब नेकपाको विवाद निरुपण गरी पाऊँ

Bagmati Voice
संवाददाता
२१ फाल्गुन २०७७, शुक्रबार १६:४३ | ३ साल अगाडी

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले नेकपाको अधिकारिकता विवाद अविलम्ब निरुपण गरिदिन निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डको पाँच पृष्ठ लामो पत्र लिएर राजेन्द्र पाण्डेसहितका नेताहरु आयोग पुगेका थिए । ‘तत्काल विवाद निरुपणसम्बन्धी प्रक्रिया सुरु गर्न भनेर निवेदन दिएका छौं’ पाण्डेले भने ।

जवाफमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आइतबार आयोगको बैठक बस्ने र त्यही दिनबाट प्रक्रिया सुरु गर्ने आश्वासन दिएको पाण्डेले जानकारी दिए ।

२१ फाल्गुन २०७७, शुक्रबार १६:४३ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading