29, Apr, 2024

ओलीले भने, ‘हामीले कसैलाई प्रधानमन्त्री बनिदेऊ भनेका छैनौं र भन्दैनौं पनि’

Bagmati Voice
संवाददाता
२१ फाल्गुन २०७७, शुक्रबार १६:२३ | ३ साल अगाडी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड र माधव नेपाल आफ्नो पार्टी फुटाएर प्रधानमन्त्री बनिदेऊ भन्दै किस्तिमा पद राखेर अरुको दैलोमा भीख माग्न हिँडिरहेको टिप्पणी गरेका छन् ।

विप्लव नेतृत्वको नेकपालाई मूलधारमा ल्याएपछिको समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले आफूहरूले कसैलाई पनि प्रधानमन्त्रीको प्रस्ताव नराखेको र नराखिने प्रष्ट पारे ।

ओलीले भने ‘आफ्नो पार्टी फुटाएर,सरकार ढालेर अरुलाई बनिदेऊन भन्दै हिडेका छन् बिचराहरू । आज संसदीय दलको बैठक बस्दैछन् रे । दलको नेता म यहाँ छु, कुन दलको बैठक हो कुन्नि मलाई थाहा छैन ।’

२१ फाल्गुन २०७७, शुक्रबार १६:२३ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading