वि.सं.२०८३ असार १४ आइतवार

लुक्ला बाट उडेको मनाङ्ग एयरको हेलिकप्टर सोलुखुम्वुको लामजुरामा दुर्घटना

khanepani

विराटनगर । लुक्ला बाट उडेको मनाङ्ग एयरको हेलिकप्टर सोलुखुम्वुको लामजुरामा दुर्घटना भएको छ ।

सोलुदुधकुण्ड नगरपालिका र लिखुपिके गाउँपालिकाको लामाजुरामा हेलिकप्टर दुर्घटना भएको प्रारम्भिक सूचना आएको कोशी प्रदेशका प्रहरी प्रमुख राजेशनाथ बाँस्तोलाले बताए ।

उनका अनुसार घटना‍स्थलतर्फ प्रहरी परिचालन गरिएको छ । हेलिकप्टरमा क्याप्टेन र ५ यात्रु गरी ६ जना सवारी थिए ।

दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।

ranechhap