19, May, 2024

धनुषाको एक कपडा पसलमा आगलागी हुँदा ८० लााख रुपैयाँ बराबरको क्षति

Bagmati Voice
संवाददाता
३२ जेष्ठ २०८०, बिहीबार १६:२७ | ११ महिना अगाडी

जनकपुरधाम। धनुषाको एक कपडा पसलमा आगलागी हुँदा ८० लााख रुपैयाँ बराबरको क्षति भएको छ ।

धनुषाको मिथिलाबिहारी नगरपालिका-७ स्थित तारापट्टी चोकमा सञ्चालनमा रहेकामे न्यू आरजु वस्त्रालयमा बिहीबार बिहान विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ।

उक्त कपडा पसल नगरपालिका-६ बस्ने अकबर नदाफले स्थानीय रामबाबु साहको घरमा सञ्चालन गरेका हुन्।

आगलागीमा ८० लाख मूल्य बराबको क्षति भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए।

उनका अनुसार स्थानीय, प्रहरी तथा धनुषाधाम नगरपालिका र जनकपुरधाम उपमहानगरपालिकाबाट बारुण यन्त्रको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको छ।

३२ जेष्ठ २०८०, बिहीबार १६:२७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading