04, Oct, 2023

महोत्तबाट एक क्विन्टल गाँजासहित दुईजनालाई प्रहरीले गरे पक्राउ

बागमती भ्वाइस न्युजडेस्क
१० जेष्ठ २०८०, बुधबार १०:४३ | ४ महिना अगाडी

जनकपुरधाम । महोत्तबाट एक क्विन्टल गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ गरेके छ ।

मकवानपुर भिमफेदी गाँउपालिका १ बस्ने २९ वर्षीय रुपेश गोले र २६ वर्षीय अनिल पाख्रिनलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रदेश ३-००१ क ०२६९ नम्बरको ट्रकमा पोकापारेर लुकाइछिपाइ लैजाँदै गरेको एक क्विन्टल लागुऔषध गाँजासहित एकडारा गाँउपालिका ३ अजमरपट्टी स्थितबाट दुवैजनालाई नियन्त्रणमा लिएको महोत्तरीका प्रहरी प्रवक्ता दिलीपकुमार गिरीले जानकारी दिए ।

उनका अनुसार दुवैजनामाथि जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

१० जेष्ठ २०८०, बुधबार १०:४३ मा प्रकाशित