22, Sep, 2023

मधेश सरकारमा आज नेपाली कांग्रेस र नेकपा एस सामेल, जनमतका वसन्तको मन्त्रालय खोसिँदै

बागमती भ्वाइस न्युजडेस्क
९ जेष्ठ २०८०, मंगलवार १२:२६ | ४ महिना अगाडी

जनकपुरधाम ‌। मधेश सरकारमा आज नेपाली कांग्रेस र नेकपा एस सामेल भएका छन् । तत्काल कांग्रेसले दुई र नेकपा एसले एक मन्त्रालय पाएको हो ।

कांग्रेसको तर्फबाट संसदीय दलका नेता कृष्ण यादव भौतिक पूर्वाधार विकास मन्त्री र कांग्रेसकै वीरेन्द्र सिंहले स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएका छन् ।

स्रोतका अनुसार नेकपा एसका संसदीय दलका नेता गोविन्द न्यौपानेले कृषि मन्त्रालयको जिम्मेवारी पाएका छन् । कृषिमन्त्री सम्हालेका जनमत पार्टीका वसन्त कुशवाहालाई विनाविभागीय बनाएर नेकपा एसलाई यो मन्त्रालय दिन लागिएको हो ।

जनमत पार्टीका नेता बीपी साहले कृषि मन्त्रालय खोसेको कुरा जानकारी नगराएको बताए । आधिकारिक जानकारी गराएपछि पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने उनको भनाई छ ।

नवनियुक्त मन्त्रीहरूको शपथ आज दिउँसोका लागि तय भएको बुझिएको छ । मन्त्रालय नटुंगिएकाले तत्काल लोसपा सरकारमा सहभागी हुने छैन ।

९ जेष्ठ २०८०, मंगलवार १२:२६ मा प्रकाशित