24, Jun, 2024

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका बालकृष्ण खाणलाई बयानका लागि सरकारी वकिल कार्यालयमा ल्याइयो

Bagmati Voice
संवाददाता
१ जेष्ठ २०८०, सोमबार ११:२१ | १ साल अगाडी

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणलाई बयानका लागि जिल्ला सरकारी वकिल कार्यालयमा लगिएको छ ।

काठमाडौं प्रहरी परिसर टेकुको हिरासतमा रहेका खाणलाई बयान गराउन प्रहरीले केहीबेरअघि सरकारी वकिल कार्यालयमा ल्याएको हो ।

उक्त प्रकरणमा पक्राउ परेका खाणसहित १२ जनालाई शनिबारदेखि लागू हुने गरी हिजो (आइतबार) थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

शरणार्थी प्रकरणमा प्रहरीले १३ जनालाई पक्राउ गरिसकेको छ । हिजोमात्र पूर्वमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेका छन् । उनलाई आज म्याद थप गर्ने तयारी छ ।

सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार ईन्द्रजीत राई, पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलगायत पक्राउ परेका छन् । तत्कालीन गृहमन्त्री बादलका छोरा प्रतीकविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

यो प्रकरणमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चैत १२ गते तीनजनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो ।

१ जेष्ठ २०८०, सोमबार ११:२१ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading