22, Sep, 2023

साताको दोस्रो दिन सोमबार तोलामा २ सयले बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

बागमती भ्वाइस न्युजडेस्क
१ जेष्ठ २०८०, सोमबार ११:२५ | ४ महिना अगाडी

काठमाडौं । साताको दोस्रो दिन सोमबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा दुई सयले बढेर एक लाख ११ हजार रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन आइतबार मात्रै प्रतितोला एक लाख १० हजार २५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज एक लाख १० हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदी तोलामा एक हजार तिन सय ७५ रुपैयाँमा स्थिर रहेको छ ।

१ जेष्ठ २०८०, सोमबार ११:२५ मा प्रकाशित