वि.सं.२०८३ असार ७ आइतवार

बाढीले अवरुद्ध बीपी राजमार्ग सुचारु, लेदोले पुरिएका गाडी निकालिँदै

khanepani

काठमाडौं । बीपी राजमार्ग खुलेसँगै लेदोमा पुरिएका गाडीहरू निकाल्ने प्रयास जारी रहेको छ ।

आइतबारको वर्षापछि आएको बाढीले अवरुद्ध राजमार्ग आज खुलेको हो । बीपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिकाको कालढुंगा र चिउरीबासीमा लेदोसहितको बाढीले केही गाडीहरुपनि पुरेको छ ।

कालढुंगामा लेदोले पुरेका चार वटा गाडी अहिले निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

गाडीसँगै त्यस ठाउँमा स्थानीयका केही पशु चौपाया पनि पुरिएको प्रहरीले जनाएको छ ।

ranechhap