16, Jul, 2024

महेश बस्नेतले भने, ‘जुनसुकै दलको आडमा लागेका भएपनि दोषीलाई कारवाही गर्नुपर्छ’

Bagmati Voice
संवाददाता
२० बैशाख २०८०, बुधबार १५:४७ | १ साल अगाडी

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारवाही गर्ने कुरा उचित भएको बताएका छन् ।

एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी भएपछि उनले नक्कली लडाकु, बालुवाटार, वाइडबडीलगायत सबै दोषिलाई काबारही गर्न दलहरु एक हुनुपर्ने बताए ।

उनले फेशबुकमा लेखेका छन्, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारवाही गर्ने कुरा उचित छ । नक्कली लडाकु, बालुवाटार, वाइडबडीलगायत सबै दोषिलाई कारवाही गर्न दलहरु एक हुनुपर्दछ । एमाले, काँग्रेस जुनसुकै दलको आडमा लागेका भएपनि सबै दोषीलाई कार्बाहि गर्नु पर्दछ ।’

एमाले, कांग्रेस जुनसुकै दलको आडमा लागेका भएपनि सबै दोषीलाई कारवाही गर्नुपर्ने उनको भनाइ छ ।

२० बैशाख २०८०, बुधबार १५:४७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading