वि.सं.२०८३ असार ६ शनिवार

ललितपुर महानगरका शिक्षा अधिकृत पौडेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर

khanepani

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिका शिक्षा शाखामा कार्यरत शिक्षा अधिकृत शेषकान्त पौडेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

पौडेलले शिक्षक सरुवा गर्न सहजीकरण गरिदिएवापत सेवाग्राहीसँग १ लाख घुस मागेको पुष्टि भएपछि अख्तियार बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

महानगरपालिकाको शिक्षा महाशाखामा कार्यरत उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले २०७९ फागुन १८ गते १ लाख घुस रकम लिइसकेको अवस्थामा कार्यकक्षबाटै पक्राउ गरेको थियो।

अख्तियार अख्तियार दुरूपयोग अनुसन्धान अायोग नेपाल प्रहरी

ranechhap