05, May, 2024

सरकारका न्यूनतम साझा कार्यक्रमलाई भोलि अन्तिम रूप दिन्छौं: रमेश लेखक

Bagmati Voice
संवाददाता
१५ चैत्र २०७९, बुधबार १६:२५ | १ साल अगाडी

काठमाडौ । काठमाडौ नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारका न्यूनतम साझा कार्यक्रमलाई बिहीबारसम्म अन्तिम रूप दिइने बताएका छन्।

संघीय संसद भवन नयाँ बानेश्वरमा आज पत्रकारहरूसँग कुराकानी गर्दै लेखकले सरकारका न्यूनतम साझा कार्यक्रमको मस्यौदा अध्ययनका लागि सत्ता गठबन्धन दलका नेताहरूलाई दिइएको र आवश्यक परिमार्जनसहित बिहीबारसम्म अन्तिम रूप दिइने बताए।

‘सरकारका न्यूनतम साझा कार्यक्रमको मस्यौदा अध्ययनका लागि दिइएको छ। आज अपराह्न ५ बजेभित्र त्यसमा केही परिमार्जन गर्नुपर्ने भए परिमार्जन गर्न सकिन्छ,’ उनले भने, ‘भोलिसम्म यसलाई अन्तिम रूप दिइन्छ।’

उनले मन्त्रिपरिषद बिस्तार छिट्ट हुने पनि बताए।

सत्ता गठबन्धनका १० दलबीच आज बिहान पनि बालुवाटारमा मन्त्रिपरिषद बिस्तारबारे छलफल भएको थियो। आज अपराह्न पनि सत्ता गठबन्धन बैठक बस्ने र मन्त्रालय भागबन्डालगायत विषयमा छलफल हुनेछ।

१५ चैत्र २०७९, बुधबार १६:२५ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading