18, May, 2024

क्रिकेटर सन्दीप लमिछानेको मुद्दामा आज उच्च अदालतमा महत्वपूर्ण पेसी, होला सुनवाई ?

बागमती भ्वाइस
बागमती भ्वाइस
२३ बैशाख २०८१, आईतवार ०८:१३ | १ हफ्ता अगाडी

काठमाडौं । क्रिकेटर सन्दीप लमिछानेको मुद्दामा आज उच्च अदालतमा पेसी तोकिएको छ । यसअघि पटकपटक धकेलिएको सुनवाई आज सुरू हुने अपेक्षा सन्दीपले राखेका छन् ।

जिल्ला अदालतको फैसलाविरूद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए । उच्चमा विभिन्न कारण देखाएर तीनपटक सुनवाई स्थगत भइसकेको छ । अघिल्लो पटक हेर्न नभ्याइनेमा परेको थियो ।

सन्दीपले टी २० विशश्वकपमा स्थान बनाउनका निम्ति आज सुनवाई हुनु निकै महत्वपूर्ण छ । यदि चाँडै फैसला आएर सन्दीपले सफाइ पाएमा उनी विश्वकप टीममा समेटिन सक्नेछन् । विश्वकप विश्वकप हेरफेर गर्ने डेडलाइन आउँदो २५ तारेखसम्म छ ।

२३ बैशाख २०८१, आईतवार ०८:१३ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading