18, May, 2024

बझाङ उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेश

बागमती भ्वाइस
बागमती भ्वाइस
२३ बैशाख २०८१, आईतवार १५:११ | १ हफ्ता अगाडी

कैलाली । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँलाई प्रदेश निर्वाचन कार्यालय धनगढीले बझाङ उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन पेश गरेको छ ।

प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले प्रदेश प्रमुख कार्यालयमा प्रदेश प्रमुख मियाँलाई प्रदेशसभा उपनिर्वाचन २०८१ को परिणामसहितको प्रतिवेदन पेश गरेका हुन् । उक्त प्रतिवेदनमा वैशाख १५ गते बझाङमा सम्पन्न उपनिर्वाचनमा विजयी भएका र उम्मेदवार रहेका सबैको मत परिणाम उल्लेख गरिएको छ ।

प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शैलेस ढुङ्गाना, प्रमुख स्वकीय सचिव सविर अली लगायतको उपस्थितिमा प्रतिवेदन हस्तान्तरण गरिएको हो ।

मत परिणाम सहितको प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख मियाँले निष्पक्ष, स्वच्छ र विश्वसनीय निर्वाचन सम्पन्न गरेको भन्दै निर्वाचन आयोगलाई धन्यवाद दिएका थिए ।

२३ बैशाख २०८१, आईतवार १५:११ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading