05, May, 2024

विप्लवसहित तीन कम्युनिष्ट पार्टीले चुनावविरूद्ध आन्दोलन गर्ने घोषणा

Bagmati Voice
संवाददाता
१७ कार्तिक २०७९, बिहीबार ०८:२२ | १ साल अगाडी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवसहित तीन कम्युनिष्ट पार्टीले चुनावविरूद्ध आन्दोलन घोषणा गर्ने भएको छ । तीन कम्युनिष्ट पार्टीहरुको हिजो बसेको बैठकले चुनावविरूद्ध आन्दोलन घोषणा गर्ने निर्णय गरेको हो ।

शनिबार पत्रकार सम्मेलन गरेर चुनाव खारेजीको आव्हानसहित संयुक्त संघर्षका कार्यक्रम घोषणा गरिने विप्लव नेकपाका प्रवक्ता प्रकाण्डले बताए ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव विलप्व, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालका महासचिव आहुतिले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ,‘दलाल पूँजीवादी संसदीय सरकारले आफ्नो व्यवस्था टिकाइराख्न मंसिर ४ गते गर्न लागेको संघ र प्रदेशको निर्वाचन बहिस्कार र खारेजी गर्ने निर्णय गयो ।’

विप्लव नेकपाको हालै सम्पन्न महाधिवेशनले चुनाव खारेजी अभियान चलाउने निर्णय गरेको थियो । हिजो लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री बालकृष्ण खाणले चुनाव अवरोध कसैले गर्न नपाउने भन्दै कारबाहीको चेतावनी दिएका थिए ।

१७ कार्तिक २०७९, बिहीबार ०८:२२ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading