18, May, 2024

प्रहरी प्रधान कार्यालयको टोली सिरहामा, तस्करसँग रकम उठाउने नरेश साह पक्राउ

बागमती भ्वाइस
बागमती भ्वाइस
२३ बैशाख २०८१, आईतवार १०:११ | १ हफ्ता अगाडी

जनकपुरधाम । तस्करहरुसँग रकम उठाउने गरेको आरोप लागेका नरेश साह पक्राउ परेका छन् ।

साह सिरहा नगरपालिकामा पर्ने माडरका हुन् । माडर सिरहाको मुख्य नाका हो । भन्सार नाकामा बसेर तस्कर र प्रहरी अधिकारीको सेटिङ मिलाउने गरेको उनीमाथि आरोप छ । सोही कारण उनलाई नियन्त्रणमा लिन प्रहरी प्रधान कार्यालयको टोली सिरहा आएको स्रोतले जनाएको छ ।

सिरहाका प्रहरी प्रमुख एसपी सन्तोष आचार्यसँगकाे सेटिङमा नरेशले रकम उठाउने गरेकाे आराेप लागेकाे छ ।

जिल्लामा जो कोही पक्राउ पर्दा जिल्लामा राखेर अनुसन्धान गरिन्छ । तर साहलाई ईलाका प्रहरी कार्यालय मिर्चैयामा राखिएको छ । त्यहाँ रातिदेखि नै उनीमाथि प्रहरी प्रधान कार्यालयको टोलीले अनुसन्धान गरिरहेको छ ।

साह हुण्डी कारोबारमा पनि संलग्न रहेको स्रोतको दावी छ । केन्द्रको टोलीले साहको मोबाइल नियन्त्रणमा लिएर कुन कुन प्रहरी अधिकारीसँग सम्पर्कमा रहेको विषयमा अनुसन्धान गरिरहेको बुझिएको छ ।

सिरहाका प्रहरी प्रवक्ता डिएसपी मुक्तिनाथ सापकोटाले साहलाई केन्द्रीय टोलीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको बताए । उनले भने, ‘के आरोपमा नियन्त्रणमा लिएको हो । हामीलाई थाहा छैन् ।

२३ बैशाख २०८१, आईतवार १०:११ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading