वि.सं.२०८३ वैशाख ६ आइतवार

प्रदेश १ विरुद्धको खेलमा गण्डकी विजयी

khanepani

गण्डकी । चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा गण्डकी प्रदेश विजयी भएको छ । गण्डकीले प्रदेश नं १ लाई दुई विकेटले पराजित गरेको हो । मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्दै प्रदेश १ ले गण्डकीसामु जितका लागि १०३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । उक्त लक्ष्य गण्डकीले ३७ ओभरमा आठ विकेट गुमाउँदै पूरा ग¥यो । गण्डकीका लागि प्रारम्भिक ब्याट्सम्यान अर्जुन कुमालले ६८ बलमा ३५ रन बनाउनुभयो । यसक्रममा उनले पाँच चौका हिर्काउनुभयो । यस्तै दीपक डुम्रेले ९४ बलमा चार चौकासहित ३५ रनको योगदान दिनुभएको छ। । यस्तै अभिषेक थापाले अविजित रहँदै १३ रन बनाए।

बलिङतर्फ प्रदेश १ का लागि शुभाङ्कर उराव र मिनास थापाले दुई दुई तथा दीपेश कँडेल र हेमन्त राईले एक एक विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गर्दै प्रदेश १ ले २७ दशमलव चार ओभरमा सबै विकेट गुमाएर १०२ रन मात्र बनायो । प्रदेश १ का लागि कप्तान सिद्धान्त लोहनीले ३१ बल खेल्दै एक छक्का र एक चौकाको मद्दतमा २४ रन बताए । यस्तै मिनास थापाले ३४ बलमा चार चौकासहित २२ तथा शुभाङ्कर उरावले १२, दीपक पासवानले ११ र दिपेश कँडेलले १० रन बताए । बलिङतर्फ गण्डकी प्रदेशका लागि सुवास भण्डारी र विशाल पौडेलले चार/चार तथा विपीन खत्रीले दुई विकेट लिए ।

विशाल पौडेलको ह्याट्रिक

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत प्रदेश १ विरुद्धको खेलमा गण्डकी प्रदेशका विशाल पौडेलले ह्याट्रिक विकेट लिएका छन । उनले आफ्नो सातौँ ओभर तथा प्रतियोगिताको २८ औँ ओभरमा प्रदेश १ का तीन खेलाडीलाई लगातार पेभेलियन फर्काउनुभएको हो । पौडेलले खेलको २८औँ ओभरको दोस्रो बलमा राजन मगरलाई चार रनमा, तेस्रो बलमा मनोज तामाङलाई शून्यमा तथा चौंथो बलमा हेमन्त राईलाई पनि शून्य स्कोरमै पेभेलियन फर्काए। हाल जारी चांैथो संस्करणको प्रधानमन्त्री कपमा उहाँ ह्याट्रिक गर्ने पहिलो खेलाडी बन। पौडेलले ६ दशालव ४ ओभर बलिङ गर्दै २५ रन खर्चेर चार विकेट लिए
यसैगरी कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयका मैदानमा अहिले समूह ‘बी’अन्तर्गत वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशबीच अर्को खेल भइरहेको छ । सुदूरपश्चिम प्रदेशले टस जिते फिल्डिङ रोजेपछि वाग्मती ब्याटिङ गर्न पुगेको हो । वाग्मतीले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा २९९ रन बनायो । तीन सय रनको विजय लक्ष्य पाएको सुदूरपश्चिमको अवस्था अत्यन्त कमजोर रहेको छ । सुदूरपश्चिमले केही बेरअघि ६ ओभरमा पाँच विकेट गुमाएर मात्र १८ रन बनाएको छ । बलिङतर्फ वाग्मती प्रदेशका रामनरेश गिरी एक्लैले चार विकेट लिए ।

ranechhap