वि.सं.२०८३ भदौ १ सोमवार

प्रदेश १ का मुख्यमन्त्रीविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका तीन सांसदले हस्ताक्षर फिर्ता गर्ने

khanepani

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका प्रचण्ड-नेपाल समूहका तीन जना सांसदले हस्ताक्षर फिर्ता गर्ने भएका छन्।

प्रदेश १ को सामाजिक विकास राज्यमन्त्री पदबाट राजीनामा दिएर अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकी जसमाया गजमेर, गोपाल बुढाथोकी र श्रीप्रसाद मैनालीले हस्ताक्षर फिर्ता गर्न लागेका हुन्।

‘घोषणा गरिसकेका छैनौं’, गजमेरले भनिन, ‘तर, हामी त्यो निर्णयमा पुगेका छौं।’

नेकपाका ३७ सदस्यले हस्ताक्षर गरेकामध्ये अब उक्त समूहमा ३२ सांसद बाँकी छन्।

ranechhap