विराटनगर । गएरातिको वर्षात्ले विराटनगरको सिँघिया खोलाको बाढी बस्तीमा पसेको छ ।
विराटनगर भएर बग्ने सिँघिया खोला वडा नम्बर २ मा पस्दा किनारका बस्ती डुबानमा परेका हुन् । जसबाट २५ घरपरिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार विस्थापितहरूलाई सुरक्षित स्थानमा सारिएको छ । खोला किनारका अन्य बस्ती पनि बाढीको जोखिममा परेका छन् ।
विराटनगरमा मुख्य सडक क्षेत्रमा पनि जम्दा शहरी क्षेत्र पनि जलमग्न भएको छ ।








































