वि.सं.२०८३ वैशाख २४ बिहीवार

झापाको गौरीगञ्जमा अध्यक्ष उपाध्यक्ष नै महिला निर्वाचित हुने पक्का

khanepani

झापा । गौरीगञ्ज गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा दुवै जना महिला निर्वाचित हुने पक्का भएको छ ।

नेपाली कांग्रेसका उम्मेदवार फुलवती राजवंशी अध्यक्षमा र नेकपा एमालेका उम्मेदवार पूजन न्यौपाने उपाध्यक्षमा निर्वाचित हुने पक्का भएको हो ।

गाउँपालिकामा करिब २ सय मत गन्न बाँकी रहँदा हालसम्मको परिणाम अनुसार अध्यक्षमा राजवंशी २ हजार र उपाध्यक्षमा न्यौपाने १ हजार १ सय मतले अग्रता कायम राखेका छन् ।

ranechhap