वि.सं.२०८३ वैशाख २४ बिहीवार

विर्तामोड नगरपालिकाको मेयरमा एमाले उम्मेदवार महतारा निर्वाचित

khanepani

झापा । झापाको विर्तामोड नगरपालिकाको मेयरमा नेकपा एमालेकी उम्मेदवार पवित्रा महतारा प्रसाईं निर्वाचित भएकी छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भोजराज सिटौलालाई हराउँदै उनी मेयरमा निर्वाचित भएको निर्वाचन अधिकृत डम्बरप्रसाद काफ्लेले अनलाइनखबरलाई बताए ।

महताराले १६ हजार ५२० मत ल्याउँदा सिटौलाले १२ हजार ७६२ मत पाए । राप्रपाका मेयर उम्मेदवार ५ हजार ६५६ मत पाए ।

विर्तामोडको उपमेयरमा पनि एमालेकै उम्मेदवार नगेन्द्रप्रसाद संग्रौला निर्वाचित भएका छन् । उनले सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका सीपी कडरियालाई पराजित गरे । संग्रौलाले १५ हजार ५८६ मत ल्याए भने कडरियाले ८ हजार ४५१ मत प्राप्त गरे । राप्रपाकी उपमेयर उम्मेदवार ६ हजार ८६० मत पाए ।

ranechhap