वि.सं.२०८३ वैशाख ९ बुधवार

कुलेश्वरबाट ७ जना जुवाडे पक्राउ : करिब १० लाख बढीको चेक र नगद बरामद

khanepani

काठमाडौं । महानगरीय प्रहरी वृत्त कालिमाटीले कुलेश्वरबाट नगद सहित ७ जना जुवाडे पक्राउ गरेको छ।

जुवा खेल्ने खेलाउने कार्य गरी रहेको भन्ने सूचनाको आधारमा काठमाडौं महानगरपालिका वडा नं. १४ कुलेश्वरबाट जुवा खेलिरहेका अवस्थामा ७ जनालाई पक्राउ गरेको हो।

कुलेश्वरका ४४ वर्षीय शिव श्रेष्ठको घरबाट नगद २ लाख ३८ हजार ८ सय पचास नगद र ७ लाख ९४ हजार ८ सय ७० बराबरको विभिन्न बैंकको चेक ११ थान, तास १ बुक समेत बरामद गरिएको वृत्तका प्रहरी नायव उपरीक्षक अपिलराज बोहोराले बताए।

डिएसपी बोहोराका अनुसार पक्राउ पर्नेमा १४ कुलेश्वर बस्ने वर्ष ४४ को शिव श्रेष्ठ ,काभ्रे चौरी देउराली गाउँपालिका वडा नं. ६ घर भई कुलेश्वर बस्ने वर्ष ४४ को यादव चौलागाई ,धादिङ्ग थाक्रे गाउँपालिका वडा नं. ८ घर भई कलंकी बस्ने वर्ष ४१ को राजु पौडेल चितवन भरतपुर १३ घर भई कुलेश्वर बस्ने वर्ष ३१ को राजिब श्रेष्ठ ,वर्ष ४४ को केशब प्रसाद मुडवरी फबारा जितपुर घर भई कलंकी बस्ने वर्ष ४१ को श्याम तामाङ्ग, कैलाली बर्दगोरिया गाउपालिका वडा नं. ३ घर भई कालीमाटी बस्ने वर्ष २८ को प्रेम बडुवाल रहेका छन्।

पक्राउ परेका ७ जना विरुद्ध जुवा ऐन अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ranechhap