वि.सं.२०८३ वैशाख ९ बुधवार

कपन बालुवाखानीमा आगलागी : दाइको मृत्यु, ११ महिने भान्जासहित बहिनी घाइते

khanepani

काठमाडौं । काठमाडौंको कपन बालुवाखानी चोकस्थित नारायण बहादुर बस्नेतको घरमा सोमबार राति आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

बस्नेतको चारतले घरको पहिलो तलामा डेरा गरी बस्ने नुवाकोट शिवपुरी गाउँपालिका-५ घर भएका कृष्ण बहादुर तामाङको कोठामा विद्युत सर्ट भई आगलागी हुँदा उनको जलेर मृत्यु भएको हो।

घटनामा मृतककी ३५ वर्षीय बहिनी बिपना तामाङ र उनका ११ महिनाका छोरा दावा तामाङ जलेर घाइते भएका छन्। उनीहरूको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार बिपना तामाङको शरिरको विभिन्न भागमा ३० प्रतिशत जलेको छ भने दावा तामाङको शरिरको विभिन्न भागमा १२ प्रतिशत जलेको छ।

बिपना दाजुसँग तिहार मनाउन आएकी थिइन्।

आगलागीमा कति भौतिक क्षति भयो भ्ने विवरण खुल्न सकेको छैन् ।

आगलागी दमकल, प्रहरी र स्थानिय बासीको सहयोगमा सोमबार राति करिब दुई बजे पुर्णरुपमा नियन्त्रणमा आएको थियो।

ranechhap