वि.सं.२०८३ वैशाख २६ शनिवार

दमौली बजारको आगलागी साढे तीन घण्टापछि नियन्त्रणमा

khanepani

काठमाडौं । तनहुँको दमौलीस्थित एक हार्डवेयर पसलमा लागेको आगो करिब नियन्त्रणमा आएको छ । बिहान १० बजेदेखि लागेको आगो निभाउन हेलिकप्टरबाट पानी खन्याइएको थियो । त्यस्तै आगो निभाउन व्यास नगरपालिकाको दमकल, मुग्लिङ–पोखरा सडक आयोजनाको ट्याङ्करसँगै निजी ट्याङ्कर पनि प्रयोग गरिएको थियो ।

दमौलीको भुपाल हार्डवेयरमा आगलागी भएको हो । आगलागीबाट भएको क्षतिको विवरण आएको छैन । हार्डवेयर पसलसँगै आसपासका चारवटा घरमा पनि क्षति पुगेको तनहुँका पत्रकार प्रकाशचन्द्र भट्टराईले जानकारी दिएका छन् ।

विद्युत् लाइन सर्ट भएर आगो लागेको अनुमान गरिएको छ ।

ranechhap