वि.सं.२०८३ वैशाख २६ शनिवार

यसवर्षको गान्धी नोवेल पीस अवार्ड गणेशप्रसाद घिमिरेलाई

khanepani

काठमाडौं। बेलायतमा दिइने अन्तर्राष्ट्रिय स्तरको गान्धी नोवेल पीस अवार्ड-२०२२ नेपालका युवा मानव अधिकारकर्मी एवम् अधिवक्ता गणेशप्रसाद घिमिरेले पाउने भएका छन् ।

विश्वभरीबाट १०४ जनालाई यो वर्ष गान्धी नोवेल पीस अवार्ड-२०२२ प्रदानगर्ने कार्यक्रम रहेको आयोजक संस्था गान्धी पीस फाउन्डेसन नेपालका अध्यक्ष डा. लालबहादुर रानाले जानकारी दिए ।

अंहिसाको माध्यमबाट मानव अधिकार, शान्ति, सामाजिक, आर्थिक र राजनीतिक रुपान्तरणमा विशिष्ट योगदान पुर्‍याउने व्‍यक्तिलाई यो पुरस्कार वार्षिक रुपमा दिइन्छ ।

बेलायतको विश्वहिन्दु केन्द्र, साउथहल, लण्डनमा यही जुन ३ तारिखका दिन एक समारोह बीच यो पुरस्कार प्रदान गरिने कार्यक्रम रहेको छ ।

ranechhap