वि.सं.२०८३ वैशाख २६ शनिवार

ढुङ्गेधाराको तरकारी बजारमा आगलागी, ७० स्टल जले

khanepani

काठमाडौँ । काठमाडौँको वनस्थलीस्थित ढुङ्गेधारामा रहेको तरकारी बजारमा आज बिहान आगलागी भएको छ ।

बिहान १ बजेतिर आगलागी भएकोमा २ बजेतिर नियन्त्रणमा आएको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।

उक्त आगलागीबाट ७० वटा तरकारीका स्टल जलेर नष्ट भएको छ । काठमाडौँ महानगरपालिका–१६ वनस्थली नजिकै रहेको ढुङ्गेधारास्थित तकदिर रत्न शाक्यद्वारा सञ्चालित तरकारी तथा फलफूल बजारमा आगलागी भएको प्रहरीले जनाएको छ ।

क्षतिको विवरण आउन बाँकी रहेको र घटनाको विषयमा अनुसन्धान जारी रहेको वृत्तका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

उपत्यकाका पाँच वटा दमकलको सहयोगमा स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए । विद्युत् सर्ट भएर आगो लागेको अनुमान प्रहरीको छ ।

ranechhap