वि.सं.२०८३ वैशाख २४ बिहीवार

जनकपुरमा एक युवकमाथि गोली प्रहार: पेस्तोल बरामद, प्रहार गर्ने फरार

khanepani

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका– १९ बेंगाशिवपुरमा एक यूवकमाथि गोली प्रहार भएको छ ।

धनुषाका एसपी वसन्त रजौरेका अनुसार गोली प्रहारबाट १८ वर्षीय मुकेश मुखिया घाइते भएका छन् । कमला नगरपालिका– ७ का मुखियामाथि शनिबार राति गोली प्रहार भएको हो । उपचारका लागि उनलाई काठमाडौं लगिएको छ ।

मुखिया बेंगाशिवपुरस्थित मामा भोगी मुखियाको घरमा बस्दै आएका छन् । मामाको किराना पसलमा बसेका बेला उनीमाथि गोली प्रहार भएको थियो ।

एसपी रजौरले गोली प्रहार गर्ने व्यक्ति फरार भएको र घटनास्थलबाटै पेस्तोल बरामद भएको जानकारी दिए । उनले गोली प्रहार गर्ने व्यक्तिको पहिचान भइसकेको र खोजी गरिरहेको बताए ।

ranechhap