वि.सं.२०८३ असार १८ बिहीवार

एमसीसीको व्याख्यात्मक टिप्पणी न्यानो थाङ्नोमात्रै : झलनाथ खनाल

khanepani

विराटनगर । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले अमेरिकी सहयोग परियोजना एमसिसी पास गर्दा गरिएको व्याख्यात्मक टिप्पणीलाई न्यानो थाङ्नोको टिप्पणी गरेका छन् । बिहीबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले व्याख्यात्मक टिप्पणीको अर्थ नरहेको बताए ।

‘व्याख्यात्मक टिप्पणी न्यानो थाङ्नोबाहेक केही होइन,’ उनले भने, ‘नेपालका नेताहरु आनन्दपूर्वक सुतुन् भनेर बनाइएको थाङ्नो हो, त्यो थाङ्नोमा अहिले साथीहरु सुत्नुभएको छ ।’

उनले विधि प्रक्रिया विपरीत एमसिसी पास गरेको गुनासो गरे । प्रकृया नमिलाई एमसिसी पास गर्नु देशका लागि लज्जास्पद भएको बताउँदै उनले एमसिसी पारित गर्दाको परिणाम विस्तारै देखिने बताए ।

एमसिसीका कारण पार्टी भित्रपनि विरोध भएको उनले बताए ।

ranechhap