काठमाडौँ । पछिल्लो २४ घण्टामा आइतबार थप २ हजार २ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म संक्रमितको संख्या ८६ हजार ८ सय २३ पुगेको जनाए ।
शनिबार दुई हजार १ सय २० जना संक्रमित थपिएका थिए ।
त्यसैगरी २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या १ हजार ३ सय २९ रहेको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ६४ हजार ६९ पुगेको छ ।









































