काठमाडौं । काठमाडौं उपत्यकामा थप एक हजार ५ सय ९९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १३७३, भक्तपुरमा ३९ र ललितपुरमा १ सय ८७ जनालाई संक्रमण पुष्टि भएको हो।
आइतबार देशभरि थपिएकामध्ये झन्डै ७१ प्रतिशत संक्रमित काठमाडौं उपत्यकाका हुन्।
उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो।
आइतबार नेपालभर २२५३ जनामा कोरोना संक्रमण देखिएको थियो।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ भने १ हजार ३ सय २९ जना निको भएका छन्।









































