काठमाडौं । आज बस्ने भनिएको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालय बैठक स्थगित भएको छ।
बैठक आज ४ बजेका लागि तोकिएको थियो।
पार्टीका प्रवक्ता तथा सचिवालय सदस्य नारायण काजी श्रेष्ठले बैठक भोलि ४ बजे सम्मका लगि स्थागित भएको जानकारी दिएका छन्।
भोलि बस्ने बैठकमा पार्टी एकिकरणमा बाँकी काम, सरकार पुर्नगठन तथा पछिल्लो दिनमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली पार्टीसँगको सल्लाहबिना गरेका सरकारी नियूक्तिहरूका बारेमा छलफल गर्ने बताइएको छ।
पार्टीका दुई अध्यक्ष ओली र पुष्पकमल दाहालबीच हिजो शुक्रबार छलफल भएको थियो।
राजनीतिक नियुक्ति हुँदा पार्टीमा छलफल गर्ने स्थायी कमिटी बैठकको निष्कर्ष रहेको भन्दै केही सचिवालय सदस्यले मन्त्रिपरिषदको बिहीबारको निर्णयको विरोध गर्दै आगामी सचिवालय बैठकमा यसबारे कुरा उठाउने बताउँदै आएका छन्।









































