वि.सं.२०८३ वैशाख १८ शुक्रवार

उखुबारीमा मृत भेटिएकी १४ वर्षीया सन्जाको शव पठाइयो पोस्टमार्टमका लागि वीरगञ्ज

khanepani

रौतहट । रौतहटमा शुक्रबार दिउँसो भेटिएकी १४ वर्षीया बालिकाको शव प्रहरीले आज उठाएको छ।

प्रदेश प्रहरी कार्यालयबाट कुकुर सहितको प्रहरी टोलीले बालिका सन्जाको शव आज बिहान करिब १० बजेतिर उठाएको रौतहटका प्रहरी उपरीक्षक शिद्धिविक्रम शाहले बताए।

उनका अनुसार उक्त टोलीले घटनास्थलबारे करिब ३ घण्टा अनुसन्धान गरेपछि शव उठाएको हो।

‘हामीले करिब १० बजेतिर शव उठाएर भर्खंरै बालिकाको शव पोष्टमाटर्मका वीरगञ्ज पठाएका छौं,’ एसपी शाहले भने,’पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै बालिकाको बलात्कारपछि हत्या भएको हो वा अन्य कुनै कारण हो भन्नेबारे केही भन्न सकिन्छ।’

बालिकाको शव पोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल पठाइएको प्रहरी उपरीक्षक शाहले जानकारी दिए।

मामाघर बस्दै आएकी १४ वर्षीया सन्जाको शुक्रबार दिउँसो उखुबारीमा शव भेटिएको थियो।

ranechhap