काठमाडौं । नेपालको एउटा व्यवसायीहरुको ग्रुप हो विशाल ग्रुप । यस ग्रुपले संचालन गरेका हरेक व्यवसायहरु कुनै न कुनै रुपमा अबैध धन्दामा नै फसेका छन । यस ग्रुपले राज्यको कानूनै आफ्नो हातमा लिएर सर्वसाधारण जनताको स्वास्थ्यमा खेलवाड गरिरहेको छ । यसको पहिल्लो उदाहरण हो हालै बाण्ज्यि विभागले मारेको छापा ।
विशाल ग्रुपको सबैभन्दा ठूलो लगानी रहेको नेपालकै धेरै शाखा सञ्जाल र ग्राहक भएको एनआईसी एशिया बैंक लिमिटेड माथी तत्कालीन अवस्थामा बैंक इन्स्योरेन्सको दुरुपयोग गर्दै ऋणीलाई जबरजस्ती बीमा गराएको मनोमानी रुपमा अरु बैंक भन्दा फरक देखाउन ब्याजदर दिन दुई गुणा रात चौगुणा बढाउने गरेको बचतकर्ताहरुलाई सबैभन्दा कम ब्याजदर दिएको, अर्को महत्वपूर्ण कुरा कोरोना महामारी बीच हजारौं करारका निरिह कर्मचारीलाई हटाएको छ ।
विशाल गु्रपकै एलआईसी, प्रुडेन्सीयल इन्स्योरेन्स समेत कर्पोरेट सुशासन बाहिर गएर चलिरहेको भेटिएको छ । यतिमात्र होइन व्यवसायिक घराना विशाल ग्रुप सबै भन्दा बढि चर्चा र विवादमा आउने गु्रप हो ।
नेपालमा अहिले कोरोना भाईरसको महामारी छ । जनता पीडामा छन् । देश पीडामा छ । हुनेको चुलो बलेको छ । तर, हुँदा खानेहरुको चुलो बलेको अझै छैन। यहि मौका छोपी विशाल गु्रपले म्याद सकिएको विषाधी खाद्य बस्तु बजारमा पठाएर जनतालाई अकालमै मार्ने गरेको तथ्य हालै फेला परेको छ ।

विशाल गु्रपबाट उत्पादित म्याद सकिएका चक्लेट, बिस्कुट, आलुका चिप्सका साथै खाद्य बस्तु बजारमा विक्री भएको पाएपछि प्रहरी र वाणिज्य विभागले छापा मारी ८ जनालाई पक्राउ गरेको छ । भने करोडौंको सामान बरामत गरेको भेटिएको छ । यो कस्तो समूह हो ? कोरोना भाइरसले होइन विशाल गु्रपका उत्पादनले हामी मर्ने हो कि भन्ने शंका बढेको छ ।
नेपालको व्यापारिक घराना विशाल ग्रुपपले म्याद सकिएका चलकेट, बिस्कुट, आलु चिप्स जस्ता खाद्य वस्तुहरु बजारमा बिक्री गर्ने गरेको पाइएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग र महानगरीय प्रहरी अपराध महाशाखा नयाँ बानेश्वरको संयुक्त अप्रेशनमा नेपालीको जनस्वास्थ्यमाथि विशाल ग्रुपले गरेको यस्तो गम्भीर अपराध गरेको छ ।
वाणिज्य विभागले गत बिहीबार कंलकी, बाफल र कालीमाटीका तीन घरलाई शिल गरेको छ । बजारबाट म्याद सकिएर र्फिता भएका चलकेट, बिस्कुट, आलु चिप्स जस्ता खाद्य वस्तुहरु उक्त स्थानमा नयाँ म्याद राख्ने गरेको भेटेपछि तीन घरलाई शिल गरिएको छ ।
कंलकीको लिंकरोडमा रहेको तीनतले घरमा गैरकानुनी कार्यहरु हुने गरेको उजुरीको आधारमा महानगरीय प्रहरी अपराध महाशाखा र वाणिज्य विभागले संयुक्त टोलीको छापा मारेको हो। म्याद सकिएका खाद्य वस्तुको पुन नयाँ म्याद राख्दै गरेको अवस्थमा छापा मारेर मेसिन सहित संलग्नलाई रंगेहात प्रक्राउ गरिएको विभागका उच्च अधिकृतले बताए ।
खाद्य पदार्थको वितरण गर्ने आयन इन्टरनेश्नलका प्रमुख रहेका भारतीय नागरिक रोशन बात्रासहित ८ जनालाई प्रक्राउ गरी महानगरीय प्रहरी प्रभाग दरबारमार्गमा राखिएको विभागले जनाएको छ ।
भारतीय नागरिक बात्राले कलंकी लगायतका तीन स्थानबाट रिप्याकिङ हुने गरेको जनाएपछि कालीमाटी र बाफलमा रहेका साढे ३ तले घरलाई शिल गरिएको जनाईएको देखिन्छ । तीनै स्थानमा घर भाडामा लिएर स्नेकर्स चकलेट, ओरियो बिस्कुट, प्रिङ्गल्स चिप्ससहित आधा दर्जन खाद्य वस्तुमा पुनः नयाँ म्याद राखेर बजार पठाउने गरेको प्रहरीले बताए ।
पुनः म्याद राखेर बजार पठाउन तयारी अवस्थामा रहेको तीन गाडीलाई समेत नियन्त्रणमा लिईएको विभाग स्रोतले जनाएको छ । प्रारम्भिक चरणमा २ कम्पनीको संलग्नता रहेको र अन्यको खोजी कार्य भैरहेको जनाईएको छ ।
आयन डिष्ट्रिब्युटर लोकल वितरक रहेको तथा विशाल गुप्र युनाइटेड डिष्ट्रिब्युटर र लाइफ केयर इन्टरनेशनलबाट खरिद गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको वाणिज्य विभागका उच्च कर्मचारीको दाबी छ ।

स्निकर्स, ओरियो बिस्कुट, हर्लिक्स, मार्स चकलेट, किल्डे, बण्टी तथा मिल्की र प्रिङ्गल्सको नेपाल आयातकर्ता विशाल समूह रहेको र यसको भगिनी संस्था युनाइटेड डिष्ट्रिब्यूटरले बजारमा यी सामान फैलाउने काम गर्ने गरेको अनुसन्धानमा प्रहरी उच्च स्रोतको दाबी छ ।
केही महिना अगाडी भारतको कानपुरबाट उत्पादित बहुराष्ट्रिय ब्राण्ड ब्रिटानियाको बिस्कुटमा कीरा भेटिएको थियो । ब्रिटानियाको ‘गुड डे कुकिज’ बिस्कुट खान लाग्दा किरा भेटिएको काठमाडौँका एक उपभोक्ताले उजुरी नै दर्ता गरेका थिए ।
काठमाडौंका ४० वर्षीय एक व्यक्तिले पसलबाट किनेर उक्त बिस्कुट खान लाग्दा त्यसमा कीरा भेटिएको बताएका छन् । उनले बिस्कुट सडेको र त्यसमा कीरा रहेको भिडियो नै बनाएका छन् । गुड डेमा काजु मिलाइएको हुन्छ, जसकारण नेपालमा यसको मूल्य पनि महंगो पर्छ ।
नाम उल्लेख नगर्ने सर्तमा ती व्यक्तिले बताएका छन् कि यसै साल फेब्रुअरी १८ तारिख उत्पादन मिति रहेको उक्त बिस्कुट खोलेर खान लाग्दा कीरा भेटिएको हो । बिस्कुटमा खान हुने अवधि एक वर्ष उल्लेख गरिएको पनि उनले बताए । म्याद १ वर्ष भनिए पनि प्याकिङ गरिएको तीन महिनामै बिस्कुट अखाद्य हुनुले नेपालमा बहुराष्ट्रिय ब्राण्डको नाममा ठगी भइरहेको उनीले बताए ।
नेपालमा गुड डे बिस्कुटको आयातकर्ता र अधिकृत बिक्रेता विशाल गु्रप रहेको छ । विशाल ग्रुपका प्रबन्ध निर्देशक अशोककुमार अग्रवाल हुन्, उनी केही महिनाअघि मात्र जुवाखालबाट रंगेहात समातिएका विवादित जुवाडे व्यवसायी हुन् ।
भारत र नेपालमा फरक उपभोग मिति भएको बस्तु विशाल गु्रपले बिक्री गर्दै आएको फेला परेको छ । के उसलाई नेपालको कानुन लाग्दैन ?
बिस्कुटमा कीरा भेटिएको भिडियो प्राप्त भएपछि उक्त गुड डे बिस्कुटबारे बुझ्दै जाँदा नेपाल र भारतमा उपभोग मिति नै फरकफरक राखिएको भेटिइएको छ । सोही भारतमा भने उपभोग गर्न हुने अवधि ६ महिना छ । तर नेपालमा भने एक वर्ष लेखिएको बिस्कुटको खोलमै छ यस तथ्यबाट उत्पादक संस्था र बिक्रेताले विशाल गु्रपकै कारण नेपाली उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गरिएको तथ्य उजागर भएको छ । यसरी दुई देशमा उपभोग्य मिति नै फरक राखेर बिक्री गर्नु कर्पोरेट नैतिकताविरुद्ध रहेको बताइएको छ। स्रोतः आर्थिक खबर






































