वि.सं.२०८३ वैशाख १८ शुक्रवार

बली दिन भारत लैजान लागेको आशंकामा सुनसरीकी किशोरीको उद्धार, भारत लैजाने समुहका तीन पक्राउ

khanepani

सुनसरी । बलीको लागि भारत लैजान लागिएकि सुनसरीको रामधुनी नगरपालिका ५ की एक किशोरी बली चढ्नबाट जोगिएकी छन्। १७ वर्षीया किशोरीलाई सीमा क्षेत्र बिराटनगर महानगरपालिका १७ इश्लामपुरको बाटो हुँदै भारत लैजाने क्रममा उद्धार गरिएको छ।

किशोरीलाई भारत पुर्‍याउन लागेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ समेत गरेको छ। ‘घटनाको प्रकृति र कनेक्सन हेर्दा किशोरीलाई बली दिन भारत लैजान खोजिएको हुन सक्ने आशंका छ, बाँकी कुरा अनुशन्धान बाट खुल्ने छ’ मोरङका प्रहरी प्रमुख सन्तोष खड्काले भने।

पक्राउ पर्नेमा सप्तरी विष्णुपुर ५ का २८ वर्षीय सुमितकुमार मण्डल, सप्तरीको तिलाठीकैलाडी १ का २० वर्षीय प्रदीपकुमार मण्डल र मोरङको लेटाङ नगरपालिका ३ घर भएका सुनसरी रामधुनी ५ झुम्कामा डेरा गरेर बस्ने २२ वर्षीया मनिका ढकाल रहेको प्रहरी प्रमुख खड्काले बताए।

उनकाअनुसार घटनाका मुख्य योजनाकार सुमित भएको खुलेको छ। सुमितले मनिकासँग मिलेर, प्रदीपको सहयोग लिएर किशोरीलाई भारत पुर्‍याउन खोजेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी खड्काले बताए।

‘किशोरीको उद्धार गरिएको छ भने भारत लैजान खोज्नेलाई पनि पक्राउ गरिएको छ,’ एसपी खड्काले भने, ‘घटना गम्भीर देखिएका कारण विभिन्न कोणबाट अनुसन्धान थालिएको छ।’

प्रहरीका अनुसार दिदीसँग झुम्कामा बसेर तरकारी पसल गर्ने मनिकाले चिनजानका आधारमा किशोरीलाई लिएर बिराटनगर आएको खुलेको छ। झुम्का बसाईकै क्रममा किशोरीको परिवारसँग मनिकाको चिनजान भएको थियो।

किशोरीकी आमाले मनिकालाई भान्जी भनेर बोलाउने गरेको पाइएको छ।

सुमितले सिकाए अनुसार मनिकाले आइतबार बिहान ७ बजेतिर बिराटनगरमा एउटा पूजामा लैजाने र दुई घण्टापछि फर्किएर आउने भन्दै किशोरीकी आमासँग अनुमति मागेकी थिइन्। चिनजानकै युवतीले भनेपछि आमाले पनि सहज रुपमा छोरीलाई जान दिएकी थिइन्।

कन्या (कुमारी) केटीलाई पूजामा राखेर टीका लगाइदिँदै पाँच हजार रुपैयाँ दक्षिणा पनि दिन्छन् भनेर किशोरीकी आमालाई मनिकाले विश्वस्त पारेको अनुसन्धानका क्रममा पाइएको छ।

आफ्नो पनि पैसा आउने भएकाले किशोरीलाई एउटा मोबाइल समेत किनिदिने भन्दै मनिकाले थप प्रलोभन देखाएर लगेको प्रारम्भिक सोधपुछका क्रममा पाइएको प्रहरीले बताएको छ।

ranechhap