वि.सं.२०८३ वैशाख ९ बुधवार

भारतमा कोरोना संक्रमित प्रतिदिन लाखको हाराहारीमा, भारत विश्वमा कोरोनाबाट मृत्यु हुने राष्ट्रमा तेस्रो स्थानमा

khanepani

काठमाडौं । बुधबार भारतमा कोरोना भाइरस संक्रमित संख्याले नयाँ बिन्दु कायम भएको छ।

एकैदिन ९७ हजार बढी नयाँ संक्रमित थपिएपछि संक्रमित संख्यामा नयाँ रेकर्ड कायम भएको हो।

टाइम्स अफ इण्डियाले बुधबार भारतमा एकैदिन ९७ हजार ३ सय ९९ जना नयाँ संक्रमित फेला परेको जनाएको छ।

यो संख्या महामारी सुरू भएयता एकैदिन भेटिएको उच्च संख्या हो।

भारतमा कुल संक्रमित संख्या ४४ लाख नाघेको छ भने पछिल्लो २४ घण्टामा ११ सय ५२ जनाको कोरोनाका कारण मृत्यु भएको छ। योसँगै भारतमा कोरोनाका कारण हुने मृत्यु ७५ हजार ६२ पुगेको छ।

संक्रमणबाट सबैभन्दा धेरै नागरिक गुमाउने मुलुकमा भारत विश्वमा तेश्रो नम्बरमा पर्छ। पहिलो नम्बरमा अमेरिका छ भने दोश्रोमा ब्राजिल छ।

यस्तै विश्वमा कोरोनाका कारण हालसम्म ९ लाख बढी मानिसको मृत्यु भइसकेको छ।

ranechhap