वि.सं.२०८३ वैशाख ९ बुधवार

विश्वमा कोरोनाका कारण मर्नेको संख्या ९ लाख बढी, कोरोनाको केन्दबिन्दु भारत

khanepani

एजेन्सी । विश्वमा कोरोना भाइरसको संक्रमणबाट हुने मृत्यु बुधबार ९ लाख नाघेको छ।

यस्तै संक्रमित संख्या २ करोड ७७ लाख पुगेको रोयटर्सले जनाएको छ।

रोयटर्सका अनुसार संक्रमणबाट सर्वाधिक प्रभावित मुलुकमा अमेरिका पहिलो स्थानमा छ भने दोश्रो र तेश्रो स्थानमा क्रमशः ब्राजिल र भारत छन्।

संक्रमणबाट अमेरिकामा हालसम्म १ लाख ९० हजार बढी मानिसको मृत्यु भइसकेको छ भनेर संक्रमित संख्या ६३ लाख पुगेको छ।

यस्तै ब्राजिलमा मृतक संख्या १ लाख २७ हजार नाघेको छ भने भारतमा ७४ हजारको नजिक पुगेको छ।

सोमबार भारतमा ९० हजार ८ सय २ जना नयाँ संक्रमित फेला परेका थिए। यो संख्या महामारी सुरू भएयता विश्वको कुनै पनि मुलुकमा एकैदिन भेटिएको उच्च संख्या हो।

ब्राजिलको संक्रमित संख्या ४३ लाख नाघेको छ भने भारतमा ४१ लाख नाघेको छ।

भारत पछिल्लो समय संक्रमणको केन्द्रबिन्दु बनेको छ। भारत विश्वको सर्वाधिक जनसंख्या भएको दोश्रो मुलुक हो।

बुधबारबाट उसले बारहरू खोल्ने अनुमति दिएको छ। यसले संक्रमित संख्या थप बढाएको रोयटर्सले जनाएको छ।

यस्तै मृतक संख्या थपिने क्रम पनि भारतमा बढेको छ। पछिल्ला दुई सातादेखि भारतमा प्रत्येक दिन औषतमा हजारबढी मानिसको कोरोनाबाट मृत्यु हुँदै आएको छ।

विश्वको कुल मृतक संख्याको आधा संख्या अमेरिकाबाट छन्। यस्तै मेक्सिको, पेरू, कोल्मबिया, चिलि र एक्वाडरमा पनि मृतक संख्या उच्च छ।

रोयटर्सले दिएको तथ्यांक अनुसार विश्वमा कोरोनाका कारण प्रतिदिन औषतमा ५६ सय बढी मानिसहरूको मृत्यु हुने गरेको छ। यो बितेका दुई साताको तथ्यांक हो। १८ दिनको अवधिमा मृतक संख्या ८ लाखबाट ९ लाख पुगेको छ।

भारतको मृतकदर एक प्रतिशत रहेको छ भने अमेरिका र ब्राजिलको ३ प्रतिशतको हाराहारीमा छ।

जुलाईमा उच्च बिन्दुमा पुगेयता अमेरिकाको संक्रमित र मृत्यु संख्यामा कमी आइरहेको छ । विद्यार्थी कलेज फर्किन थालेसँगै संक्रमित संख्या बढ्ने क्रम ४० प्रतिशतले बढ्न थालेको पनि रोयटर्सले जनाएको छ।

यस्तै युरोपका केही भागमा पुनः संक्रमण बढ्न थालेको छ। संक्रमण बढ्ने क्रम पहिलो महामारी जस्तै भएकाले यसले दोश्रो लहर आउन थालेकोतर्फ संकेत गरेको छ।

सप्ताहन्तमा बेलायतमा ३ हजार नयाँ संक्रमित फेला परेका छन्, जुन मे महिनायताकै उच्च वृद्धि हो। बेलायतले हाल ६ जना भन्दा बढीको समूहमा जम्मा हुन प्रतिबन्ध लगाएको छ।

बेलायत संक्रमणबाट ज्यान गुमाउने मुलुकको पाँचौ नम्बरमा रहेको छ। त्यहाँ हालसम्म ४१ हजार ५ सय ९४ जनाको मृत्यु भइसकेको छ।

संक्रमणलाई ध्यानमा राख्दै उसले ग्रिक आइल्याण्ड, फ्रान्स, क्रोएशिया र स्पेनमा छुट्टी मनाएर फर्किनेले १४ दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्ने नियम लागु गरेको छ। यी मुलुकमा पनि संक्रमणको अवस्था बेलायतको जस्तै छ।

यस्तै स्पेन सोमबारबाट पश्चिम युरोपमा संक्रमित संख्या ५ लाख नाघ्ने पहिलो मुलुक बनेको छ। त्यहाँ संक्रमित संख्या ५ लाख ५२ हजार पुगेको छ।

ranechhap