रामेछाप । रामेछाप जिल्लामा हाल ४९ जना संक्रमितहरु आइसोलेसनमा रहेका छन ।
रामेछाप जिल्ला बाहिर रहेका ५० जना संक्रमित रहेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन । रामेछाप जिल्लामा सरकारी र अर्थसरकारी गरि करिव २०० जना कोरोनाका विरामिलाई राख्न सकिने आइसोलेसन बेड तयारी अवस्थामा राखिएको पनि उनले बताइन । आज सुरक्षा समितिको बैठक बसेर यातायातलाई केहि खुकुलो बनाउने तयारी समेत रहेको छ ।
रामेछाप जिल्लाको खाँडादेवी गाँउ पालिकामा कोरोना संक्रमण सुन्य रहेको छ ।
गाँउपालिकामा कोरोना नभएको कुरा गाँउपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङले बताएका हुन । जिल्लामा लागाइएको निषेधाज्ञा हटाएसगै अन्त्रबाट आउने मानिसहरुले संक्रमण लिएर आउने त्रास भने रहिरहेको अध्यक्षले बताएका छन ।
यस्तो महामारीको समयमा जिल्लामा एउटा कोरोना संक्रमण नहुन गाँउपालिकाका लागि सुखद् कुरा रहेको पनि उनको भनाइ छ ।









































