05, May, 2024

सिरहाबाट लागुऔषधसहित तीन युवक पक्राउ

Bagmati Voice
संवाददाता
२४ आश्विन २०७८, आईतवार १७:२२ | २ साल अगाडी

सिरहा । प्रतिबन्धित लागुऔषधसहित तीन युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी खिरौना र सशस्त्र प्रहरी बल बुधौरा सिरहाबाट खटिएको संयुक्त टोलीले आज सिरहा नगरपालिका–१५ बुधौरास्थित दशगजाबाट लागुऔषधसहित सिरहा नगरपालिका–२१ लकडीगोठका १९ वर्षीय विमलेश कर्ण, २६ वर्षीय वंशराज मुखिया र सप्तरीको राजविराज नगरपालिका–९ का १९ वर्षीय निकित कुमारलाई पक्राउ गरेको हो ।

बिआर ३२एजी ५५११ नंको मोटरसाइकलमा सवार तीनै जनालाई जाँच गर्दा नाइट्रोभेट नामक लेखिएको १० पत्ता (३०० ट्याबलेट) लागुऔषध बरामद भएको र उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

२४ आश्विन २०७८, आईतवार १७:२२ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading