वि.सं.२०८३ वैशाख २० आइतवार

एक हजार ७६० संक्रमित थपिए , एक हजार २२० भए निको

khanepani

पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ७६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार बुधबार १६ हजार ८४४ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
पिसिआर विधिबाट १२ हजार ५ सय २४ जना र एन्टिजेनबाट ४३२० जनाको परीक्षण भएको छ।

त्यस्तै एक हजार २२० संक्रमित निको भएका छन्।

संक्रमणबाट पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा १० हजार ८९६ जनाको मृत्यु भएको छ।

यस्तै काठमाडौं उपत्यकामा थप ४९५ कोरोना संक्रमित थपिएका छन्।

काठमाडौंका ३६० , ललितपुरका ७२ र भक्तपुरमा ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

ranechhap