वि.सं.२०८३ वैशाख २० आइतवार

मेक्सिकोमा बन्दुकधारीले होटलमा बसेका २० जनाजति विदेशीलाई अपहरण गरे

khanepani

समाचार संस्था रोयटर्सका अनुसार मध्य मेक्सिकोको सान लुइस पोटोसी राज्यको एक होटलमा बसेका ती विदेश हैटी र भेनेजुयलाका हुन सक्ने अनुमान गरिएको छ। उनीहरूलाई मंगलबार गाडीमा आएका बन्दुकधारीले अपहरण गरेका हुन्।

अपहरणकारीले होटलमा पाहुनाको विवरण राखिएको लगबुक पनि लिएर गएकाले अपहरणमा पर्नेहरूको पहिचान खुल्न कठिन भएको हो।

सरकारी अधिकारीहरूले अपहरणमा परेकाहरू कहाँ छन् भनेर पत्ता लगाउने र उनीहरूको उद्धार गर्ने प्रयास भइरहेको बताएका छन्।

अपरहणमा परेकाहरू मेक्सिकोको बाटो हुँदै संयुक्त राज्य अमेरिका जान लागेका आप्रवासी हुन् कि होइनन् भन्ने खुलिसकेको छैन।

अमेरिका छिर्न पाइने आशामा संसारका विभिन्न मुलुकका आप्रवासीले मेक्सिकोको बाटो यात्रा गर्ने गर्छन्। जो बाइडेन राष्ट्रपति बनेपछि सीमा पार गरी अमेरिका जान पाइने आशमा हजारौं आप्रवासी मेक्सिको पुगेका छन्।

मेक्सिकोमा पुगेका त्यस्ता आप्रवासीहरूलाई स्थानीय आपराधिक समूहले अपहरण गर्ने, लुट्ने गर्छन्।

ranechhap