वि.सं.२०८३ वैशाख १८ शुक्रवार

अस्पताल भर्ना भएको केही घन्टामै कोरोना संक्रमित महिलाको मृत्यु

khanepani

विराटनगर । विराट मेडिकल कलेजमा भर्ना भएकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

विराटनगर-१५ मिल्सएरिया घर भएकी ४४ वर्षीया महिलाको उपचारका क्रममा मंगलबार राति ८ बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ।

उनी मंगलबार नै दिउँसो अस्पताल भर्ना भएकी थिइन्। ज्वरो आउने र सास फेर्न गाह्रो भएपछि उनी दिउँसो अस्पतालमा भर्ना भएकी थिइन्।

सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काका अनुसार कोसी अञ्चल अस्पतालमा स्वाब परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो। अस्पताल भर्ना भएपछि उनको स्वाब संकलन गरिएको थियो।

मृतकको शव व्यवस्थापनमा नेपाली सेनाले काम गरिरहेको खड्काले बताए।

ranechhap